बिहीबार, १५ चैत २०८०

वाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा अनिवार्य शाखा खोल्नुपर्ने,शाखा नखोल्ने बैंकलाई कारबाही गरिने

समयपोष्ट २०७४ साउन ३२ गते ५:२२

नेपाल राष्ट्र बैंकले स्थानीय तहमा शाखा नखोल्ने बैंकलाई कारबाही गर्ने भएको छ । बैंकले एकीकृत निर्देशनमार्फत स्थानीय तहमा शाखा नलैजाने बैंकलाई कारबाही गर्ने भएको हो । 

Advertisement

स्थानीय तहमा शाखा नखोल्ने वाणिज्य बैंक वा विकास बैंकलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने निर्देशिकामा उल्लेख छ । केन्द्रीय बैंकले स्थानीय तहमा शाखा खोल्ने बैंकलाई प्रोत्साहन गर्ने पनि जनाएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाअनुसार संघीय व्यवस्थाअनुसार तय भएका ७ सय ४४ स्थानीय तहमध्ये ०७४ असार मसान्तसम्म वाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा अनिवार्य शाखा खोल्नुपर्ने छ ।

विकास बैंकहरूले बाणिज्य बैंक र विकास बैंक दुवै नरहेका स्थानीय तहमा शाखा खोल्न सक्ने एकीकृत निर्देशिकामा उल्लेख गरिएको छ । 

यो व्यवस्थाअनुसार शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्दछ । बैंक सञ्चालक समिति आफैंले शाखा खोल्ने निर्णय गरेर शाखा खोलेको ३ दिनभित्रमा राष्ट्र बैंकलाई जानकारी गराए मात्र हुन्छ ।

तोकिएको स्थानीय तहमा शाखा खोल्ने वाणिज्य बैंक वा विकास बैंकको शाखा कार्यालयलाई सरकारी कारोबार सञ्चालन गर्न दिने ब्यवस्था राष्ट्र बैंकले मिलाउने जनाएको छ । यो व्यवस्थाअनुसार शाखा खोलेका वाणिज्य बैंक वा विकास बैंकले ५ वटा शाखा कार्यालय दुर्गमका स्थानीय तहमा खोलेपछि काठमाडौं उपत्यकामा चाहेको ठाउँमा एक शाखा खोल्न पाउने निर्देशिकामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री