बिहीबार, २० वैशाख २०८१

चिया नीति कार्यान्वयन भएन, किसान र उद्यमी मर्कामा

समयपोष्ट २०७४ साउन ३० गते ५:४१

राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ ।

Advertisement

‘वि.सं.२०५७ सालमा राष्ट्रिय चिया नीति आएको थियो जसमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउने लगायतका बुँदाहरू समेटिका छन् ।

नीतिमा किसान तथा उद्यमीलाई प्रोत्साहित गर्नका लागि विभिन्न काम गर्ने, चिया खेती विस्तार गरी वातावरण संरक्षणमा सहयोग पु¥याउने लगायतका उद्देश्यहरू राखिएका छन् । पछिल्लो समय चियामा समेत ‘राजनीतिकरण’ हुँदै गएको र त्यसको मर्का साधारण किसान तथा उद्यमीमा परेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालको भनाइ छ ।

सरकारीस्तरबाट बेवास्ता भएको र राजनीतिक पार्टीमा आबद्ध किसान तथा व्यवसायीको मात्र समस्या सुनुवाइ हुने गरेको छ । “चियामा राजनीतिक पार्टीमा आबद्ध किसानको मात्र सुनुवाइ हुन्छ”, उनले भने, “तर साधारण किसानको भने समस्या जस्ताको तस्तै छ ।”

चिया उद्यमीलाई ६ वर्षसम्म सुलभ दरमा कर्जा उपलब्ध गराउने चिया नीतिमा लेखिएको छ । तर आजसम्म एक रूपैयाँ पनि त्यो शर्तमा कर्जा उपलब्ध गराइएको छैन । चिया नीतिका बारेमा सरकारले कहिलै पनि चासो नदिएकाले चिया उद्यमीसमेत पलायन हुनु परेको व्यवसायीको बुझाइ छ । सरकार, चिया तथा कफी विकास बोर्डलगायत चियासँग सम्बन्धित संस्थाहरूले समेत चियाका बारेमा चासो नदिँदा यो अवस्था आएको चिया विज्ञ चन्द्रभूषण सुब्बाको भनाइ छ ।

Advertisement

“सरकारी निकायमा बसेका व्यक्तिहरू चिया नीतिलाई संशोधन नै गर्न चाहँदैनन् किनकि उनीहरूको यो चिया नीतिबाट फाइदै फाइदा छ”, सुब्बाले भने, “चिया क्षेत्रमा सक्षम व्यक्तिको अभाव भएकाले पनि चियाका बारेमा चासो नदिएको हो ।” चियाका बारेमा पटक पटक दवाब दिँदासमेत सुनुवाइ नभएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त अर्यालले नीतिमा भएका कुरालाई कार्यान्वयन गराउनका लागि आफूहरू सरकारसँग पटक पटक बैठक बसिरहेको बताए।

अर्यालले सरकारले चिया उद्यमीलाई ऋण दिने भन्ने विषय नीतिमा नै उल्लेख भएकाले त्यसको सरकारबाट पूर्णपालना हुनुपर्ने बताउनुभयो । नेपालमा आव २०७२/७३ मा दुई करोड ४२ लाख ७३ हजार ७४४ किलोग्राम चिया उत्पादन भएको थियो । नेपालमा २६ हजार ६८८ मिटर क्षेत्रफलमा चिया खेती हुन्छ भने १७ हजार २४५ किसान चिया खेतीमा आबद्ध छन् ।रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री