शुक्रबार, १६ चैत २०८०

महालक्ष्मी विकास बैंकको सेयर कारोबार खुल्यो

समयपोष्ट २०७४ साउन २९ गते १०:२८

महालक्ष्मी विकास बैंकको सेयर कारोबार खुलेको छ । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक मर्जर प्रकृयामा रहेका कारण २०७३ चैत १ गतेदेखि रोकिएको दुबै बैंकको सेयर कारोबार आईतबारबाट खुलेको  हो । बैंकको सेयर कारोबार MLBL कोडमा हुँनेछ । 

Advertisement

बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रहेको छ । बैंकको निक्षेप २३ अर्ब ८४ करोड रहेको छ । कर्जा लगानी १९ अर्ब ९७ करोड रहेको बैंकको शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुगेको छ ।

मर्जर प्रकृया सकिएको १५ दिनभित्र सेयर कारोबार खुला गर्नुपर्ने धितोपत्र बोर्डले व्यवस्था गरेपनि बैंकको सेयर कारोबार एक महिनापछि खुला भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री