शुक्रबार, १४ वैशाख २०८१

हिमालयन बैंकको नाफा दुई अर्ब नाघ्यो

समयपोष्ट २०७४ साउन २९ गते १०:१४

हिमालयन बैंकले गत आर्थिक वर्षमा खुद नाफा १२ .४३ प्रतिशतले बढाएर  दुई अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ ।  

Advertisement

अघिल्लो आर्थिक वर्ष एक अर्ब ९३ करोड ५९ लाख साठ हजार रुपैंया खुद नाफा कमाएको  बैंकको  खुद व्याज आम्दानी तीन अर्ब ७६ करोड रुपैंया रहेको छ । 

बैंकको निक्षेप  ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले ७७ अर्ब ६५ करोड ४९ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । 

बैंकले निष्कृय कर्जा अनुपात १.२३ प्रतिशतबाट ०.८७ प्रतिशतमा झारेको छ । 

बैंकले ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब २७ करोड ४४ लाख ६१ हजार रुपैयाँ रहेको छ । 

बैंकको  चुक्ता पूँजी छ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा तथा प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ २५ पैसा कायम भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री