मंगलबार, ११ वैशाख २०८१

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको दाबी –‘भवन आचारसंहिता लागु गराएरै छाड्छु’

समयपोष्ट २०७३ भदौ १३ गते १३:४१

काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिता पूर्णरुपमा लागु गर्ने बताएका छन् । 
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले भवन आचार संहिता जुनसुकै हालतमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने,‘‘ पहिले बनिसकेको भवन आचारसंहिता किन लागु भएन भनेर म बुझ्छु, यसमा केही कमजोरी भए तीनभित्र सच्याएर भएपनि यसको कार्यान्वयन गर्ने काम अघि बढाउँछु ।’  
मन्त्री केसीले व्यवस्थित् बसोबासको लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई आफूले अप्रिय निर्णय लिने समेत चेतावनी दिए । उनले अघि थपे,‘सुधार गर्नुपर्ने भए तीन दिनभित्र पेश गर्न निर्देशन दिन्छु, होईन भने संहिता कडाईका साथ लागु गर्छु, आचारसंहिता मान्नुभएन भने मैले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ ।’
ठूला भवन निर्माण गर्दैमा सहरको विकास नहुने भन्दै यसलाई आचारसंहिता अनुसार अघि बढाईनेगरि आफूले काम गर्ने मन्त्री केसीको भनाई छ । केसीले नगर विकास समिति गठन भएपनि जनताले सहुलियत नपाएको उल्लेख गर्दै नगर र सहरवीच कनेक्टीभिटी गर्ने बताए । उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरे । 
बाग्मतीको सभ्यता विकास गर्नको लागि वास्तविक सुकुम्बासीको पहिचान गरेर वैकल्पिक व्यवस्था गर्ने उनको भनाई थियो । उनले ऐतिहासिक महत्व बोेकेका पुरातात्विक, धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायतका धरोहर र सम्पदाहरुलाई संरक्षण एवम् व्यवस्थित् गर्ने बताए । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री