शनिबार, १५ वैशाख २०८१

विश्व युवा दिवसमा बानियाँटार युवा समाजले गर्यो रक्तदान 

समयपोष्ट २०७४ साउन २८ गते ९:३५

विश्व युवा दिवसको अवसर पारेर बानियाँटार युवा समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

Advertisement

'रगतको अभावमा कसैको अकालमा मृत्यु नहोस्' भन्ने नारा सहित समाजले शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

बिहान् १० बजेदेखि ३ बजेसम्म बानियाँटार स्थित जालुपाचोकमा आयोजना भएको उक्त कार्यक्रममा कुल ६६ जनाले रक्तदान गरेको युवा समाज सदस्य प्रकास महर्जनले जानकारी दिए ।

1f

उक्त रक्तदान कार्यक्रममा काठमाडौ महानगरपालिकाका  निवर्तमान प्रमुख सान्ताराम पोख्रेल ,नेपाली काँग्रेशका काठमाडौ जिल्ला समिती सभापति सबुज बानियाँ लगायतले रक्तदान गरे ।

सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि सन् २००० देखि विश्वव्यापी रुपमा विश्व युवा दिवस मनाउँदै आइएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री