शुक्रबार, १४ वैशाख २०८१

एसबिआइ बैंकको नाफा साढे एक अर्ब नाघ्यो

समयपोष्ट २०७४ साउन २७ गते ७:४१

नेपाल एसबिआइ बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।  

Advertisement

अघिल्लो आर्थिक बर्षमा बैंकले एक अर्ब ३३ करोड रुपैयाँ कमाएको थियो । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुर्इ अर्ब ९१ करोड रुपैयाँ गरेको छ। 

बैंकले गत आर्थिक बर्षको अन्त्यसम्ममा ८१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब दुर्इ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकले एक बर्ष भित्र चार अर्ब ९७ करोड रुपैयाँको चुक्ता पूँजी बढाएर छ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ।

बैंकको खराब कर्जा ०.१० प्रतिशत रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री