शुक्रबार, १४ वैशाख २०८१

विशेष आर्थिक क्षेत्र स्थापनाको बाटो खुल्यो

समयपोष्ट २०७३ भदौ १३ गते १३:२९

व्यवस्थापिका संसद्ले विशेष आर्थिक क्षेत्रको स्थापना, संचालन र व्यवस्थापन गर्न बनेको विधेयकलाई वहुमतले पारित गरेसँगै सरकारलाई विशेष आर्थिक क्षेत्र (सेज ) स्थापनाको बाटो खुलेको छ । उद्योगी व्यवसायीहरुले डेढ दशक अगाडिदेखि सेज स्थापनाको माग गर्दै आएका थिए । 

Advertisement

 उद्योगधन्दालाई लोडसेडिङ र बन्द हड्तालको समस्याबाट मुक्त राख्न भन्दै सरकारले उद्योगी व्यवसायीको माग बमोजिम सेज स्थापना सम्बन्धी विधेयक तयार पारेको थियो । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले दफावार छलफल गरेर तयार विधेयकमाथि तयार पारेको प्रतिवेदन बैठकले वहुमतले पारित गरेको छ । नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले भने विधेयकको विपक्षमा मतदान गरे ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले बन्द हड्तालका कारण कतिपय उद्योगहरु बन्द भएको तथा कतिपय उद्योगहरु बन्द हुने अवस्थामा रहेका कारण सरकारले सेजको आवश्यकता महशुस गरेको भन्दै सेज सम्बन्धी कानूनले युवा शक्ति र पुँजीको पलायन रोक्न तथा उद्योगधन्दाको प्रबर्द्धन गर्न सहयोग पुर्‍याउने दाबी गरे ।संसद्बाट पारित सेज सम्बन्धी विधेयकले सेजभित्र बन्द हड्ताल गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री