शुक्रबार, १४ वैशाख २०८१

साढे २२ लाखमा टाटाको टियागो

समयपोष्ट २०७३ भदौ १३ गते १३:११

टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ह्याचब्याक टियागो नेपाली बजारमा बिक्री सुरु भएको छ । नेपालमा प्यासेन्जर कारको बजार हिस्सा बढाउन आक्रामक बन्दै गएको टाटा मोटरले नयाँ ह्याचब्याक गाडी टियागो सार्वजनिक गरेको हो।
टियागो पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ । १२ सय सीसी क्षमताको तीन सिलिण्डरयुक्त इन्जिन अन्य इन्ट्री लेभल ह्याचब्याकभन्दा निकै पावरफुल छ । यसमा १।२ लिटरको पट्रोल इञ्जिन छ । बोल्ट र जेस्टजस्ता पछिल्ला मोडलमा टाटाले आफुलाई सुविधा र इन्जिनमा अब्बल सावित गरिसकेको छ । यो गाडीमा १७० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स दिइएको छ ।

Advertisement

प्रिमियम इन्टेरियर डिजाइन भएको टियागोमा क्रोम ह्याण्डल, निटेड फ्याब्रिक, कलर हार्मेनी, ड्युल टोल इन्टेरियर लगायतले गाडी सुसज्जित छ । यसैगरी सुरक्षाका लागि फ्रन्ट एयर ब्याग, अत्याधुकिन एबीएस, इबीडी कर्नर स्टेलिबिलिटी कन्ट्रोल छ ।
यो सहित इन्फोटेन्मेन्ट डिस्प्ले, रियर पार्किङ सेन्सर, इनर्जी अब्र्जभिङ बडी पनि यसमा छ ।  यसमा ४ वर्षको वारेन्टी यो गाडीमा प्रतिलिटर २३।८४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

tataतीन वटा भेरियन्टमा उपलब्ध हुने कार ६ वटा कलरमा रहेको छ । एक्सइ, एक्स एम र एक्सजेड भरेयिन्टकाम कार नेपाल आएको छ । टियागो स्ट्राइकर ब्ल्यू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट हृवाइट र ल्पाटिनम सिल्भर कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो कारको प्रारम्भिक मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ । जसमा एक्सइ भेरियन्टको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने एक्सएमको २५ लाख ५५ हजार र एक्स जेटको मूल्य २८ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री