बिहीबार, १३ वैशाख २०८१

‘इन्टरनेशनल एजुकेसन फेयर’ श्रावण ३२ देखि काठमाडौंमा

समयपोष्ट २०७४ साउन २५ गते ५:३३

काठमाडौंमा दुई दिने ‘इन्टरनेशनल एजुकेसन फेयर’ आयोजना हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकलाई एकमुष्ट सूचना र परामर्श दिने उदेश्यले श्रावण ३२ देखि भदौ १ गतेसम्म होटल अन्नपूर्णमा ‘इन्टरनेशनल एजुकेसन फेयर’ आयोजना हुने भएको हो ।  

Advertisement

नेपालका अग्रणी परामर्शदाताहरुको संस्था ‘आइरिन’ र अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिने परामर्शदाताहरुको संस्था ‘नायर’को संयुक्त आयोजना तथा ब्रिटिस काउन्सिलको सहकार्यमा हुन लागेको यो फेयरमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, जापान, बेलायतलगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सूचना तथा परामर्श दिइने छ ।

उक्त फेयरमा विश्वका बिभिन्न देशका उत्कृष्ट विश्वबिद्यालयका काठमाडौंस्थित प्रतिनिधिहरु सहभागी हुने छन् । साथै  उत्कृष्ट कलेज तथा विश्वविद्यालयमा उपलब्ध छात्रवृत्ति तथा अवसरहरुका विषयमा विद्यार्थीहरुलाई जानकारी दिईनेछ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री