मंगलबार, ४ वैशाख २०८१

नेपाल ग्रामीण विकास बैंकले प्रतिशेयर मूल्य १०० रुपैयाँमा एफपिओ जारी गर्ने

समयपोष्ट २०७४ साउन २३ गते १०:११

नेपाल ग्रामीण विकास बैंकले थप साधारण सेयर (एफपिओ) जारी गर्ने भएको छ । 

Advertisement

बैंकले नेपाल धितोपत्र बोर्डबाट नौ लाख ७५ हजार कित्ता एफपिओ जारी गर्ने अनुमति पाएको हो ।  

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा एफपिओ बिक्री गर्नेछ ।  

हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपिओ जारी भएपछि बैंकको चुक्तापूँजी ९ करोड ७५ लाख रुपैयाँ थपिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री