शुक्रबार, १६ चैत २०८०

हिमालयन बैंकले सवारी साधन कर्जामा छुट दिने

समयपोष्ट २०७३ भदौ १३ गते १२:४७

हिमालयन बैंक लिमिटेडले हाल सञ्चालन नाडा अटो सो लाई मध्यनजर गर्दै सवारी साधन कर्जामा विशेष छुट तथा सुविधा प्रदान गर्ने भएको छ । यस अटो सो अवधिभर बैंकले वार्षिक ६.५ प्रतिशत (व्यक्तिगत) र बार्षिक ९ प्रतिशत (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।

Advertisement

साथै बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५ प्रतिशत मात्र निर्धारण गरेको छ । ब्यक्तिगत सवारी साधनको लागि कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनुका साथै कर्जा भुक्तानीको अवधि ८ वर्षको रहनेछ । त्यसैगरि व्यावसायिक प्रयोजनका सवारी साधनको लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने र कर्जा भुक्तानीको अवधि ५ वर्षको रहने जनाएको छ ।

सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिहरुले नाडा अटोसोमा रहेको बैंकको काउन्टरमा आफ्नो नाम दर्ता गराई कर्जा प्रकृयामा सहभागी हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री