बुधबार, ५ वैशाख २०८१

साताको अन्तिम दिन सेयर बजार २.१६ अंकले तल झर्यो

समयपोष्ट २०७४ साउन १९ गते १०:३४

साताको अन्तिम दिन सेयर बजार घटेको छ । बिहीबार नेप्से २.१६ अंकले घटेर १६६०.५८ अंकमा झरेको छ ।

Advertisement

यसदिन १६३ कम्पनीको २८ लाख कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । यसदिन बाणिज्य बैंक समुह ,वित्तिय समुह र अन्य समुहको परिसुचक हरिया देखिएका छन् भने  होटल समुह,विकास बैंक समुह ,जलबिद्युत समुह ,बिमा समुह र उत्पादनमुलक समुह राता भएका छन् ।

यसदिन दिन बाणिज्य बैंक समुह ०.८९ ,वित्तिय समुह १२.९२ र अन्य समुहको परिसुचक १.४४ अंकले बढेका छन् ।  यस्तै होटल समुह १०.१२ ,विकास बैंक समुह १३.६७ ,जलबिद्युत समुह ११.१ ,बिमा समुह ४५.३ र उत्पादनमुलक समुह परिसुचक १७.३७ अंकले तल झरेका छन् ।

यसदिन मुक्तिनाथ बिकास बैंकको सबैभन्दा बढी १० करोड रुपैयाँ  बराबरको सेयर किनबेच भएको छ ।

यसदिन  नेशनल माइक्रोफाइन्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र कुवेर मर्चन्ट फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढि कमाएका छन् । गण्डकी विकास बैंक र जनरल फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री