शुक्रबार, ७ वैशाख २०८१

बुधबार नेप्से परिसुचक २.४९ अंकले बढ्यो

समयपोष्ट २०७४ साउन १८ गते १०:३२

बुधबार नेप्से परिसुचक २.४९ अंकले बढेर १६६२.७४ बिन्दुमा पुगेको छ । यसदिन १५७ कम्पनीको २१ लाख कित्ता सेयर १ अर्ब रुपैयाँ बराबरमा कारोबार भएको छ । 

Advertisement

बुधबार सबैभन्दा धेरै नेपाल ग्रामिण बिकास बैंकको ८ करोड ४८ लाख रुपैयाँ बराबरको  सयेर किनबेच भएको छ । 

यसदिन जलबिद्युत,बिमा ,उत्पादनमुलक र अन्य समुहका  परिसुचक २.६३ ,४९.५२ , ३.३७ , र ०.५८ अंकले घटेका छन् । 

यसदिन बाणिज्य बैंक समुह परिसुचक १.५७,होटल समुह १४.०३,बिकास बैंक समुह १२.०५ ,र वित्तिय समुह परिसुचक ३१.७७ अंकले उकालो लागेका छन् । 

बुधबार नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, कुवेर मर्चेन्ट फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सयेर धनीले ९ प्रतिशत बढी कमाएका छन् ।

बुधबार सबैभन्दा धेरै  ५.२ प्रतिशतले गुमाउँनेमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री