शुक्रबार, १६ चैत २०८०

शुरु भयो दरबारमार्गमा ‘स्मार्टफोन सट्टा–पट्टा’ मेला

समयपोष्ट २०७४ साउन १८ गते १०:११

दरबारमार्गस्थित एप्पल वर्ल्डले बुधबारबाट मोबाइल स्मार्टफोन सट्टा–पट्टा मेला शुरू गरेको छ । एप्पल वर्ल्डले कुनै पनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला आयोजना गरेको हो । 

Advertisement

मेलामा  पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने छ । मेलामा नयाँ प्रविधिमार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिने तथा मोबाइल खरीदमा ४० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ ।

एप्पल वर्ल्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् । 

मेलामा अन्तरराष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । सट्टा पट्टा मेला  तीजसम्म चल्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री