शनिबार, १५ वैशाख २०८१

 नेप्से परिसूचक ७.५६ अंकले बढ्यो

समयपोष्ट २०७४ साउन १७ गते १०:२६

मंगलबार  नेप्से परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ विन्दुमा उक्लिएको छ । यसदिन १५८ कम्पनीको २१ लाख कित्ता सेयर १ अर्ब ४ करोड रुपैयाँ बराबरमा खरीदबिक्री भएको छ । यसदिन नेपाल ग्रामिण बिकास बैंकको सेयर सबैभन्दा बढी ७ करोड १० लाखको सेयर किनबेच भएको छ । 

Advertisement

यसदिन बिमा समुहको परिसुचक ४१  र होटल समुहको परिसुचक ३ अंकले घटे। बैंकिङ समुहको परिसुचक १.३ ,विकास बैंक समुहको परिसुचक ४४.५ ,जलविद्युत समुहको परिसुचक १६.८,उत्पादनमुलक समुहको परिसुचक ४३.५ , र अन्य समूहको परिसुचक ९.५ अंकले उक्लिएको  छ  ।  

यसदिन  नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था तथा मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री