शुक्रबार, १४ वैशाख २०८१

ओम र वेर्स्टन डेभलपमेन्ट बैंकको यस्तो छ नाफा

समयपोष्ट २०७४ साउन १७ गते ७:२९

ओम डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ । त्यस्तै  वेर्स्टन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ६ करोड ९९ लाख रुपैयाँ नाफा गरेको छ।

Advertisement

ओमले अघिल्लो आर्थिक वर्ष २९ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो भने वेर्स्टनले  ४ करोड २ लाख नाफा गरेको थियो । 

चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको ओमले गत आर्थिक बर्षमा १६ अर्ब छ करोड रुपैयाँ निक्षेप संकलन गरि १४ अर्ब ५ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

यसैगरि चुक्ता पूँजी ३४ करोड ५३ लाख रुपैयाँ रहेको  वेर्स्टनले गत आर्थिक बर्षमा दुर्इ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री