शुक्रबार, १६ चैत २०८०

एनसेलको फोरजी सेवा आजबाट थप दश शहरमा,फोरजी चल्ने सिम युसिमसँग निःशुल्क साट्न सकिने

समयपोष्ट २०७४ साउन १७ गते ५:३२

एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी (लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको छ । कम्पनीले  विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा  सेवा विस्तार गरेको हो ।  यि सहरका ग्राहकहरुले मंगलबारबाट आधिकारिक रुपमा दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । 

Advertisement

आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेका ग्राहकले फोरजी सेवा सञ्चालनका लागि  आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम युसिमसँग निःशुल्क साट्नुपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजीसिम हो की होइन भन्ने बारेमा जानकारी लिन सक्नेछन् ।

एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवाविस्तारसँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ ।

साथै थप १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाइन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ ।

ग्राहकले *३२४# डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । 

फोरजी/एलटिई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान-प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ ।

फोरजी/एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् ।

एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले *१७१२३# डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्छन् ।

एनसेल आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक अफरहरु ल्याउन प्रतिबद्ध रहेको जानकारी गराएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री