शुक्रबार, १४ वैशाख २०८१

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने, उपभोग्य सामग्रीमा छुटको व्यवस्था

समयपोष्ट २०७३ भदौ १३ गते ४:४७

आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

Advertisement

उपभोक्तालाई राष्ट्रिय चाडपर्वको अवसरमा सुपथ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउन उक्त पसल सञ्चालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, चिनी, पनिर, खसी, बोका, च्याङ्ग्रा र खाना पकाउने ग्याँस विक्रीमा राखिने बताइएको छ । सहुलियत पसल असोज २१ गतेसम्म सञ्चालन हुनेछ ।
आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रूपैयाँ छुट दिई बिक्री वितरण गर्ने र मट्टीतेलमा पनि मूल्य घटाउन पहल गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बैठकले दुग्ध विकास संस्थानबाट उत्पादित घ्यूमा प्रतिकिलो रू दश छुट दिने र पनीरको हकमा संस्थानको सञ्चालक समितिबाट निर्णय गराई छुट दिने निर्णय गरेको छ । “खाद्य संस्थानले आफ्नो बिक्री स्थलबाट १५ प्रकारका चामल, फापर र सिमीमा प्रतिकिलो रु पाँच छुट दिई बिक्री गर्ने गरिनेछ”–विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी बैठकले साल्ट टे«डिङ कर्पोरेसनले चिनीमा प्रतिकिलो रु पाँच र नुनमा प्रतिकिलो रु दुई छुट गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री