मंगलबार, ४ वैशाख २०८१

‘ संविधान संशोधनको विषयमा भारतसँग कुनै कुरा भएको छैन ’

समयपोष्ट २०७३ भदौ १२ गते ८:१६

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा आफूले गरेको भारत भ्रमणका क्रममा संविधान संशोधनबारे कुनै छलफल नभएको बताएका छन् ।
आइतबारको संसद बैठकमा भ्रमणबारे जानकारी दिँदै निधिले नेपालको आन्तरिक विषयमा भारतमा छलफल भएको भन्ने कुरा निराधार भएको दाबी गरे ।
उनले भने, ‘संविधान संशोधनको विषयमा भारतसँग कुनै कुरा भएको छैन । म प्रधानमन्त्रीको विशेषदूतका रुपमा भ्रमणमा गएको हुनाले उहाँले भारतको उच्चस्तरिय भ्रमणका लागि निम्तो स्वरुप दिनुभएको पत्र हस्तान्तरण गरेको हुँ । यसबारे मिडियामा अनावश्यक हल्ला फैलाइयो ।’
निधिले आफूले भारत भ्रमणका क्रममा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न र विगत २७ वर्षदेखि नेपाल भ्रमण नभएकाले उच्चस्तरीय भ्रमणका लागि निमन्त्रण पत्र दिएको बताए।
उनले दुई देशको सम्बन्ध सुदृढीकरणमा आफ्नो भारत भ्रमण केन्द्रीत भएको निधिले जानकारी दिए। निधिले आफ्नो भारत भ्रमण सफल रहेको समेत जानकारी गराए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री