शुक्रबार, १४ वैशाख २०८१

फास्टट्रयाक निमार्णको जिम्मा विदेशीलाई दिन सकिन्न् : प्रधानमन्त्री

समयपोष्ट २०७३ भदौ १२ गते ८:१२

प्रधानमन्त्री पुष्पकमल दाहालले फास्टट्रयाक निर्माणको जिम्मा विदेशीलाई नदिने बताएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने प्रधानमन्त्रीसंग सिधा कुरा कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले भने ‘तत्कालिन प्रधानमन्त्री के पी ओलीको फास्टट्रयाक नेपालले नै बनाउने भन्ने निर्णयको समर्थन म आफैले गरेको हु । कुनै विदेशीलाई  निमार्णको जिम्मा दिने कुरा कल्पना पनि गर्न सक्तिन ।’ तत्कालिन प्रधानमन्त्री केपि ओलीले उक्त निर्णय गर्दा दाहाल उच्चस्तरीय राजनितिक संयन्त्रको संयोजक थिए । 
दाहालले केपि ओली सरकारको कुनै पनि निर्णय परिवर्तन नगरेको र राष्ट्रिय हित विपरित आफ्नो सरकारले कुनै पनि काम नर्गने बताए । 
उनले भारतलाई पठाएको पत्रबारे प्रष्ट पार्दै भने ‘औपचारिक र कुटनीतिक विषयबाहेक पत्रमा अरु केही उल्लेख गरिएको छैन । नेपालको राष्ट्रिय हित र सार्वभौमिकताबारे सरकार दृढ र प्रष्ट छ । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ । दुई देशीय सम्बन्ध सुदृढ गर्ने र उच्चस्तरीय भ्रमणबाहेक पत्र  त्यस्तो केही लेखिएको छैन ।’
प्रधानमन्त्री दाहालले छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका नेताहरुको प्रचार सुन्दा दुःख लागेको बताउदै  उक्त प्रचार आधार हिन भएको र  प्रचारबाट एकछिन भ्रम छर्न सकिए पनि  प्रकारान्तरमा गलत प्रचार गर्नेहरुकैै विश्वासनियता घट्ने दाबी गरे । 
उनले चिन भ्रमणको बारेमा कुरा गर्दै भम्रणको मिति तय नभैसकेको तर भ्रमण हुनेमा कुनै दुईमत नरहेको  बताए । दाहालले चिन भ्रमण दुई छिमेकी बीचको कुटनीतिक सम्बन्धलाई बलियो बनाउन केन्द्रित हुने पनि बताए । उनले भने ‘दुई छिमेकी बिशाल र तिब्र आर्थिक विकासको चरणमा छन् । यसबाट नेपालले फाइदा लिन सक्नुपर्छ । नेपालको बृहत्तर हित र विकासका लागि छिमेकीलाई पनि फराकिलो छाति बनाउन आग्रह गर्नेछौं ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री