बिहीबार, १३ वैशाख २०८१

विदेसिने घटेपनि रेमिट्यान्स आय ७.७ प्रतिशतले बढ्यो

समयपोष्ट २०७३ भदौ ११ गते १०:२०

काठमाडौ–गत आर्थिक बर्षमा कामको खोजीमा विदेसिनेको संख्या घटेपनि  रेमिट्यान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थिती अनुसार गत आवमा विप्रेषण आय ७.७ प्रतिशतले बढेको छ ।

Advertisement

राष्ट्र बैंकका अनुसार गत आवमा ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ विप्रेषण आय देखिएको छ । यस्तो आय अघिल्लो बर्ष १३.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
विप्रेषण आयको कुल गार्हस्थ उत्पादनसँगको अनुपात भने २९.६ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो आयको अनुपात २९.१ प्रतिशत थियो ।

विप्रेषण आय वढेकाले खुद ट्रान्सफर आय पनि वढेको राष्ट्र बैंकले जनाएको छ । गत आवमा खुद ट्रान्सफर आय ९.६ प्रतिशतले बढेको छ । यस्तो आय ७ खर्व ७८ अर्ब १९ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो आय १२.४ प्रतिशतले बढेको थियो ।

गत आवमा बैदेशिक रोजगारीमा जानेको संख्या भने १८.४ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाहलाई वैदेशिक रोजगारीमा जानेको संख्याले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।
लामो समयको मधेश आन्दोलन, भारतीय नाकावन्दी, शुन्य लागतको विषयमा म्यानपावर व्यवसायीको आन्दोलनका कारण गत आवमा वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री