शुक्रबार, १४ वैशाख २०८१

‘वारि जमुना पारि जमुना’ का गायक खेमराज गुरुङको निधन

समयपोष्ट २०७३ भदौ ९ गते १३:२३

लोक गायक तथा संगितकार खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । उनको बिहिवार बेलुका राजधानीको चावहितस्थित मेडिकेयर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । जण्डिसको समस्या देखिएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखिएका उनको अवस्था थप नाजुक भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Advertisement

उनले गाएका  ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत गित चर्चित छन । संखुवासभाको खादबारीमा जन्मिएका गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।उनका श्रीमति र २ छोरा छन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री