बुधबार, १२ वैशाख २०८१

शिखर इन्स्योरेन्सले फोटोपत्रकारहरुको बीमा गर्ने

समयपोष्ट २०७३ भदौ ९ गते ३:२७

शिखर इन्स्योरेन्सले नेपालमा क्रियाशील फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गरिदिने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दीपकुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले एक सम्झौतामा हस्ताक्षर गरे । 
शिखर इन्स्योरेन्सले फोटोपत्रकारहरुको क्यामेरामा तीन लाखसम्म, स्वास्थ्यमा एक लाख र दुर्घटनामा ५ लाखसम्मको बीमा गर्ने सम्झौता गरेको हो । 
कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए । फोटोपत्रकारहरुको क्यामरा चोरी भएको अबस्थामा बीमा दाबी गर्न नसकिने र अन्य अबस्थामा गरिने बीमा दाबी क्लबको सिफारिसमा दिइने पाण्डेले बताए । 

Advertisement

पहिले प्रिमियम तिर्न नपर्दा फाइदा हुन्छ भन्ने धारणा चल्दै आएको बताउँदै सिइओ पाण्डेले भने,‘अहिले जसले प्रिमियम तिर्छ, उसलाई बढी फाइदा हुन्छ ।’ फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले शिखर इन्स्योरेन्ससँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री