मंगलबार, ११ वैशाख २०८१

 डेलले ल्यायो दुर्इ मोडेलका ल्यापटप

समयपोष्ट २०७३ भदौ ९ गते ३:२०

डेलले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको छ । अहिलेसम्मको नयाँ टेक्नोलोजी प्रयोग गरेर निर्माण गरिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज १०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ।
यी मोडेलका ल्यापटपहरु स्कुल, कलेज र परिवारका लागि पनि एउटा राम्रो र आकर्षक कम्प्युटिङका लागि भरपर्दो रहेको जनाइएको छ।
डेलको दक्षिण एसियामा व्यापार हेर्ने प्रमुख अमित मुखर्जीले विश्वका धेरै देशहरुमा डेलको व्यापार अग्रस्थानमा रहेको र नेपालमा पनि डेलले व्यापारमा प्रथम स्थान ओगटेको बताए। उनले डेलले संसारका इन्नोभेटिभ टेक्नोलोजी प्रयोग गरेर ग्राहकको मन जितेको बताए।

Advertisement

dell 1अबको दुइमहिनाभित्र वजारमा उपलव्ध गराउने योजनाका साथ कम्पनीले काम थालेको बताएको छ। एकबर्ष वारेन्टीका साथ उपलब्ध हुने यी ल्यापटपहरुमा इन्टरनेसनल वारेन्टी समेत उपलब्ध गराउने मुखर्जीले जानकारी दिए।अन्तराष्ट्रिय बजारमा यी ल्यापटपको मूल्य तोकिएपनि नेपाली बजारमा आइपुग्दा कति मूल्य पर्ने हो भनेर यकिन गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री