शनिबार, ८ वैशाख २०८१

प्रभु बैंकको सिन्धुलीमा नयाँ शाखा

समयपोष्ट २०७३ भदौ ८ गते ११:२६

काठमाडौ —प्रभु बैंकले सिन्धुली बजार सिन्धुलीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।

Advertisement

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री