बुधबार, १२ वैशाख २०८१

शब्दचित्रमा चन्द्रागिरी केबलकार

समयपोष्ट २०७३ भदौ ८ गते १०:२२

प्रमिला बानियाँ

Advertisement

काठमाडौं । श्री स्वस्थानिमा वर्णित धार्मिक एवं पर्यटकिय स्थल चन्द्रागरी पुग्ने सोच केही बर्ष पहिले आम मानिसको कल्पना भन्दा बाहिर थियो । टाढाबाट चन्द्रागिरीको टाकुरामा हेर्दै उ त्यही हो चन्द्रागिरी भन्दै औलाले देखाउनुको विकल्प थिएन । अब मानिसको त्यही कल्पनालाई पुरा गर्ने विकल्पको रुपमा आएको छ केवलकार । चन्द्रागिरी हिल्स लिमिटेडले  हाल थानकोट स्थिती चन्द्रागिरी नगरपालिकाबाट नियमित रुपमा दैनिक नौ बजेदेखि पाँच बजेसम्म पैतिस ओटा केवलकार ब्यवसायिक रुपमा सञ्चालन गरेको छ । ११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर  रहेको  छ ।

6केवलकार चढेको बाह्र मिनेट सड्चालिस सेकेण्डमा जो केहि पनि चन्द्रागिरी हिलमा पुगेर उपत्यका र मकवानपुरको रमणिय दृश्य अवलोकन गर्नसक्छन् । केवलकारबाट देखिने जंगल र राजधानिको दृश्य त्यसमाथि केवलकारले डाढा छिचोल्दै गर्दा कहिले कुहिरो भित्र त कहिले कुहिरो बाहिर गर्दै गर्दा जो कोहिलाई पनि यस किसिमको यात्राले मुग्ध बनाउछ । चन्द्रागिरी पुगेपछि त्यहाबाट देखिने महालंगुर र अन्नपुर्ण हिमश्रृङखलाले सबैको मन लोभ्याउछ । छिनमै घाम लाग्ने ,छिनमै कुहिरोले ढपक्कै ढाक्ने त्यहाको मौसमको विशेषतानै मान्नुपर्छ । त्यहाँ स्थित भालेश्वर मन्दिरको त महत्व झनै बेग्लै छ । हरेक बर्ष फागु पुर्णिमाको दिन त्यस मन्दिरमा  ठूलो मेला लाग्ने गर्दछ । मेला भर्न विशेषत थानकोट ,चित्लाङ ,फाखेलबाट मान्छेहरु आउने गर्दछन् । त्यस मन्दिरमा कुखुराको भाले बलि चढाउने प्रथा आजसम्म कायमनै छ । त्यस मन्दिरमा काम गर्न आउने चित्लाङका बासिन्दाका अनुसार त्यस मन्दिरमा जे मागे पनि एक चिज मागे भगवान् पुर्याइदिने जन विश्वास अझै रहेको छ । इच्छा गरेको पुर्याइदिने हुदा भालेश्वरलाई इच्छास्वर महादेवको नामले पनि चिनिन्छ । 
पहिले पहिले त्यस मन्दिरमा जादा  एक गाग्री पानी बोकेर जाने अनि एक गाग्री पानी जति मान्छेले खादा पनि कहिले नसकिने त्यहाका स्थानिय जानकार बताउछन् । पानी नपरेर त्यस आसपासको क्षेत्रमा खडेरी पर्दा त्यहाको स्थानिय मानिस भालेश्वर गई भाकल गरेर फर्किएपछि पानी पर्ने गरेको किबंदन्ती अझै सुन्न पाइन्छ  । 
गाई बाख्रा चराउन जादा भगवान्ले गाईवस्तुनै लोप बनाइदिने अनि दुध चढाउछु ,भाले चढाउछु भनि त्यहाको शिलालाई भाकल गरेपछि गाइवस्तु आखाले देखिने गरेको त्यहाका स्थानिय बताउछन् । 3

चन्द्रागिरी हिलसम्म आम सर्वसाधारणलाई पुर्याउनको लागि अस्ट्रियाको आधुनिक ‘डोपलमेयर’ कम्पनीबाट केबुलकार आयात गरी ३ अर्ब २५ करोडको लागतमा चन्द्रागिरी हिल्स लिमिटेडले  निर्माण कार्य अघि बढाईएको हो । यसको लागत अझै बढ्ने कम्पनीले जनाएको छ । केबुलकारको तल्लो स्टेसन ६ हेक्टर जमिनमा फैलिएको छ भने माथिल्लो स्टेसनका लागि सरकारसँग ३६ हेक्टर जमिन लिजमा लिइएको कम्पनिका मार्केटिङ म्यानेजर बिख्यात बिक्रम राणाले जानकारी दिए  । निमार्ण कार्य अझै पुरा भइनसकेको उक्त हिलमा होटल, रेस्टुराँ, बाल बालिकाहरुको लागि खेल मैदान निर्माणधिन अवस्थामै छ ।   फाखेल, चित्लाङ, थानकोटलगायत क्षेत्रका स्थानीयवासी, अपांग र वृद्धवृद्धालाई २५ देखि ६० प्रतिशतसम्म छुट दिने गरेको राणाले जानकारी दिए  । चन्द्रगिरी हिल सम्म पुग्न आउदा जादा प्रतिब्यक्ति सात सय रुपैयाँ लाग्ने गर्दछ । 4

jodi121178

10

IMG_6578

प्रतिक्रिया

सम्बन्धित सामाग्री