शनिबार, ८ वैशाख २०८१

अमेरिकी डलरको हाहाकार !

समयपोष्ट २०७३ भदौ ७ गते ३:०४

काठमाडौं–बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन् । भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बैंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको छ ।

Advertisement

डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् । चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् । डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज ।

बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् । आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको बैंकहरुले बताएका छन् ।

अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया

सम्बन्धित सामाग्री