शनिबार, ८ वैशाख २०८१

मेलम्ची खानेपानीः ठेकेदारद्वारा एक वर्ष थप समय माग

समयपोष्ट २०७३ भदौ ७ गते २:५६

काठमाडौं–पुर्वनिर्धारित समयमा काम सम्पन्न नभएपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य काम सुरुङ निर्माण गरिरहेको ठेकेदार कम्पनीले १ वर्ष थप समय माग गरेको छ । ठेकेदारले प्रस्ताव गरेको १ वर्षको अवधि परामर्शदाता इपिसा सर्भिसेजले अस्वीकार गरेको छ ।

Advertisement

०७० असारमा भएको ठेक्का समझौताअनुसार आगामी महिना ठेकेदार आफैंले काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको समय सकिन लागेको छ । भूकम्प र नाकाबन्दीका कारण आयोजनाको काम समयमा सम्पन्न गर्न ढिलाई भएपछि ठेकेदराले थप १ वर्ष समय माग गरेको समितका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारीइ दिए । उनका अनुसार अनुसार कति समय थप नर्गे भन्ने सम्बन्धमा अहिले छलफल चलिरहको छ ।

आपसी छलफल र समझदारीमा समय थप गरिने उनले बताए । मेलम्ची खानेपानी आयोजनाको बाँकी २० किमि सुरुङ नर्माण ठेक्का सकारेका ठेकेदार इटालियन को अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी र भारतको दी राभेनाले निर्धारित समयमा काम सम्पन्न नभएपछि परामर्शदाता कम्पनीमार्फत समय मागेको हो ।  कारोबार दैनिक 

प्रतिक्रिया

सम्बन्धित सामाग्री