बिहीबार, १५ चैत २०८०

नेपाल लाइफलाई बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड

समयपोष्ट २०७३ भदौ ६ गते १२:१८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार तेस्रो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ ।

Advertisement

न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।

कम्पनीले आ.व.२०७२।७३ को अवधिमा कुल बीमाशुल्क आम्दानी १,०२५।६२ करोड हासिल गरि जीवन वीमा व्यवसायको क्षेत्रमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटी अग्रणी कम्पनीको रुपमा आफ्नो पहिचान कायम राखेको छ ।

यस कम्पनिले आफ्नो बिमितहरुलाइ सबै भन्दा बढि बोनस रु ६५ देखि ८२ सम्म, प्रति वर्ष प्रति हजार बिमाङ्कमा प्रदान गरिरहेको छ । यस कम्पनिमा ३०० भन्दा बढि कर्मचारी , १०,००० भन्दा बढि अभिकर्ता तथा १५ लाख भन्दा बढि सन्तुष्ट बिमितहरु आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री