शनिबार, १५ वैशाख २०८१

भारतीय रिजर्भ बैंकको नयाँ गभर्नरमा उर्जित पटेल नियुक्त

समयपोष्ट २०७३ भदौ ६ गते ३:०५

भारतीय रिजर्भ बैंक (आरबीआइ) को नयाँ गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । भारतीय अर्थमन्त्री अरुण जेटलीको प्रस्तावमा मन्त्रिपरिषदले ५२ वर्षे पटेललाई आगामी ३ वर्षका लागि भारतीय अर्थतन्त्र हाँक्ने गभर्नरको जिम्मेवारी सुम्पिएको हो । गभर्नर रघुराम राजनको कार्यकालमा पटेलले मौद्रिक नीति विभागसहित डेपुटी गभर्नरकोरुपमा काम गरेका थिए । राजनको कार्यकाल सकिएपछि पटेललाई नयाँ गभर्नर नियुक्ति गरिएको हो । पटेललाई गभर्नरका लागि सरकारी समितिले सिफारिस गरेको थियो ।

Advertisement

भारतीय अर्थमन्त्री जेटलीले ट्वीट गर्दै नवनियुक्त गभर्नर पटेलको समर्थन गरेका छन् । पटेलले आरविआइको नेतृत्व सफलतापूर्वक गर्नेमा आफु पूर्णविश्वस्त रहेको जेटलीले बताएका छन् ।

भारतीय निजी क्षेत्रले पनि पटेल गभर्नर हुँदा मौदि्रक नीति प्रभावकारी बन्ने भन्दै खुसी व्यक्त गरेका छन् । पटेलले अमेरिकी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । विश्वका ठूला अर्थतन्त्रहरुमध्ये भारतको अर्थतन्त्र पनि पर्छ । त्यसैले भारतीय रिजर्भ बैंकको गभर्नरले लिने नीतिले विश्वभर प्रभाव पार्ने भएकाले नयाँ गभर्नरको नियुक्तिलाई चासोपूर्णरुपमा हेरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री