शुक्रबार, ७ वैशाख २०८१

एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, दुईबर्षमा ७० अर्ब लगानीको घोषणा

समयपोष्ट २०७३ साउन ३२ गते ८:११

काठमाडौं– एनसेल प्रालि (एनसेल) र आजीयाटा ग्रुप बर्हाद (आजीयाटा) ले एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल – आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेका छन् । यस्तै, कम्पनीले सन् २०१६ का लागि एनसेलले घोषणा गरेको १२ अर्बको पुँजीगत लगानी बाहेक एनसेलले आफ्ना ग्राहककालागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ ।

Advertisement

एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधि, नविनता र डिजिट प्रविधी अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई सुदृढ गर्ने कार्यमा केन्द्रित भएको जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री