वीरगञ्ज–काठमाण्डौं रेलमार्ग सर्वेक्षण सहमतिमा हस्ताक्षर

नेपाल र भारतबीच वीरगञ्ज–काठमाडौँ रेलमार्ग यातायात सर्वेक्षण सहमतिमा हस्ताक्षर भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सहमति भएको हो ।

दुई देशबीच भएको सहमतिमा भारतको कोलकता–हल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख भंसार विन्दूबाट सबैभन्दा नजिकको रेल विन्दुसम्म थोक कार्गो आवतजावत सेवा र वीरगन्ज–काठमाडौँ रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमति भएको जनाइएको छ ।

Advertisement

राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री