शुक्रबार, १४ वैशाख २०८१

कुन देशका सरकार/राष्ट्रप्रमुख कहिले फर्कँदैछन् ? आज साँझ यी बाटो दुईतर्फि बन्द हुँने

समयपोष्ट २०७५ भदौ १५ गते १०:४२

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । लगत्तै चार राष्ट्रका राष्ट्राध्यक्ष स्वदेश फर्कँदैछन्।

Advertisement

विशिष्ट पाहुना स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछ । त्यसैगरी करिब एक घण्टा सोल्टी होटलदेखि सोल्टी मोड , कालिमाटी , त्रिपुरेश्वर , थापाथली , माइतिघर , नयाँ बानेश्वर , सिनामंगल , तिनकुने , एयरपोर्टको रुटमा सवारी साधनहरु दुईतर्फी रुपमै बन्द हुनेछन् ।

शुक्रबार दिउँसो एक बजे बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्किसकेकी छिन् । त्यसैगरी त्यसलगत्तै थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा र म्यान्माका राष्ट्रपति विन मीन्ट फर्कने छन् । साँझ ६ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कने उडान तालिका रहेको छ। भीभीआर्इपीको उडान अघि १५ मिनेट र उडानपछि १५ आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुने छ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं न्यायाधीश दसो छिरीङ वाङचुक शनिबार स्वदेश फर्कँदै छन् भने श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना आइतबार स्वदेश फर्किने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री