बिहीबार, १३ वैशाख २०८१

‘बिमस्टेक राष्ट्रहरुसँग काँधमा-काँध मिलाएर अगाडि बढ्न भारत सधैँ तयार छ’

समयपोष्ट २०७५ भदौ १४ गते १३:२२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बिमस्टेक राष्ट्रहरुसँग काँधमा–काँध मिलाएर अगाडि बढ्न सधैं तयार रहेको बताएका छन् ।

Advertisement

बिमस्टेक सम्मेलनमा आफ्नो पहिलो सहभागीता रहेको बताउँदै उनले सबै सदस्य राष्ट्र विकासोन्मुख देश रहेको बताए ।

उनले सम्पर्कको सबै आयाममा हामीले काम गर्नुपर्ने बताए । ‘सडक, रेल, जल तथा सबैभन्दा महत्वपूर्ण जनता–जनताबीचको सम्पर्क आवश्यक छ,’ उनले भने ।

प्रधानमन्त्री मोदीले अधिंकाश कृषिप्रधान तथा जलवायु परिवर्तनको असरबाट जुधिरहेकाले भारतले स्मार्ट कृषिबारेमा एक सम्मेलन गर्ने पनि जानकारी दिए ।

त्यस्तै,सबै विमस्टेक सदस्यहरुलाई इण्डिया मोबाइल कन्फरेन्समा सहभागीतको निमन्त्रणा गरे ।

बौद्ध धर्मको चर्चा गर्दै उनले भने, ‘बौद्ध धर्मले यो क्षेत्रलाई जोड्छ । त्यसैले हामी यही अगस्त २४ मा बौद्ध सम्मेलन गर्दै छौँ जसमा सबै विमस्टेक सदस्यलाई सहभागीताको आह्वान गर्दछु ।’

उनले नालान्दा विश्वविद्यालयमा विमस्टेक सदस्यका विद्यार्थीहरुले ३० छात्रवृत्री दिइने घोषणा गरे । ‘नालान्दा विश्वविद्यालयमा सेन्टर अफ वे अफ बङ्गाल स्टडी सेन्टर को स्थापना गर्नेछौँ,’ उनले भने ।

हिमालय र बंगालको खाडीबाट जोडिएको देश बारम्बार प्राकृतिक प्रकोप भागिरहेको बताउँदै यसमा सबैको साथको आवश्यकता औँल्याए ।

उनले ब्लू इकोनोमिक क्षेत्रमा रहेका युवाहरुलाई सहयोग गर्न तयार रहेको पनि जिकिर गरे ।

हामी मध्ये कुनै त्यस्ता देश छैनौँ जसले अपराधिक समस्या नभोगेको होस्,’ उनले भने, ‘हामीले यसैले कुनै कानुनी संयन्त्रको विकास गर्नुपर्छ । यसको लागि हाम्रा कानुन निर्माता विशेष महिला सांसदबीचको सम्पर्क तथा सम्बादको वातावरण विकास गर्नुपर्छ ।’

विमस्टेकको प्रकृयाको ठोस कार्यन्वयनको लागि यो सम्मेलनको सफलता निर्भर रहेको पनि यनले जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री