शुक्रबार, १४ वैशाख २०८१

ढलको उचित व्यवस्थापन नहुँदा स्थानीयवासी पीडित

समयपोष्ट २०७५ भदौ १३ गते १०:२५

पूर्वक्षेत्र कारागार झुम्का सुनसरीमा अहिले ढलको ठूलो समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।

Advertisement

पूर्व क्षेत्रको सबै भन्दा ठूलो यो कारागारमा एक हजार ६०० बन्दी अट्ने क्षमता भए पनि अहिले एक हजार ५५७ कैदीबन्दी रहेको कारागार प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

नौ वर्षअघि सञ्चालनमा आएको यो कारागारबाट उत्पादन हुने फोहरको उचित व्यवस्थापन हुननसक्दा प्रदूषण फैलिएपछि स्थानीयवासीले यसको विरोध गरेका छन् ।

यहाँका कैदीबन्दीमध्ये ४०० देखि ५०० बिरामी अवस्थामा छन् । साधन र स्रोतको अभावले उनीहरुलाई उपचारका लागि सदरमुकाम इनरुवा वा धरान लैजान समस्या पर्ने गरेको बताइएको छ

कारागारमा मानसिक रोगी ३० जना, एचआइभी (एड्स) संक्रमित तीन जना, अर्बुद रोगी एक जना, हेपाटाइटिस बी र सी एक÷एक जना, मुटु रोगी १५ जनालगायतका छन् । कारागारमा ७० वर्ष उमेर पुगेका आठ कैदी छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री