शनिबार, ८ वैशाख २०८१

२ लाख ४० हजार पाइलटको आवश्यकता पर्ने पूर्वानुमान

समयपोष्ट २०७५ भदौ १३ गते ७:४४

आगामी दुई दशकमा ठूलो संख्यामा पाइलट र प्राविधिकको आवश्यकता पर्ने पूर्वानुमान गरिएको छ । विमान कम्पनी बोइङका अनुसार एशिया प्रशान्त क्षेत्रमा भइरहेको आर्थिक विकासले सम्पत्तिमा बृद्धि हुने र यात्राको अनुपात बढ्ने बताउँदै बोइङले सन् २०३७ सम्ममा २ लाख ४० हजार पाइलट तथा ३ लाख १७ हजार क्याबिन क्रुको आवश्यकता पर्ने जनाएको हो ।

Advertisement

कम्पनीले चीनमा यसको आधा जनशक्ति खपत हुने बताएको छ । यो पूर्वानुमानले हाल पाइलटको कमीको समस्या खेपिरहेको उद्योगलाई थप दबाब सृजना गरेको छ ।

आगामी दशकमा धेरै पाइलटहरुले अवकास पाउने हुँदा हेलिकप्टर पर्यटन र निजी लक्जरी जेटजस्ता हवाई सेवामा जनशक्तिको माग बढिरहेको छ ।

कम्पनीका अनुसार चीनमा मात्र १ लाख २८ हजार ५ सय नयाँ पाइलट आवश्यक पर्नेछ भने दक्षिणपूर्वी एसियामा ४८ हजार ५ सय तथा दक्षिण एसियामा ४२ हजार ७ सय ५० पाइलट आवश्यक पर्नेछ ।

विश्वको यात्रुवाहक विमान उत्पादनको ४० प्रतिशत विमान एशिया प्रशान्त क्षेत्रमा खपत हुने कम्पनीले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री