शुक्रबार, ७ वैशाख २०८१

बाढीपीडितलाई नयाँ घर

समयपोष्ट २०७५ भदौ ११ गते ८:५४

तुलसीपुर, लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।

Advertisement

विसं २०७४ साउन २७ गते बाढीले अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्काएपछि स्थानीय तहले सो बस्तीको पुनःनिर्माण अभियान सञ्चालन गरेका थियो ।

एक वर्षपछि नयाँ घर पाउदा अमेलियाका बाढीपिडित खुशी भएका छन् । घरवारविहीन बनेकी पुनकला भुसाल घरधनीको रुपमा नयाँ घरमा पुनःस्थापित हुनुभएको छ । मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि २२ घरपरिवार पुनःस्थापित भएका हुन् । नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माण गर्न रु दुई लाख सहयोग गरेको थियोे । नगरपालिकाको सहयोग र स्थानीयवासीको सक्रियतामा भान्सा र शौचालय सहितको नयाँ घर बनाइएको हो । पीडितलाई स्थानीय सरकारको अनुभूति हुने गरी राष्ट्रिय वनको खाली जमीनमा १० र व्यक्तिकै जग्गामा १२ घर बनाएर बसोवासको व्यवस्था गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयोे । मैनेमा चार, तेल्लेमा तीन, रिहारमा छ, हात्तीखाल, अमेलिया र वाङ्तालमा नौ घर निर्माण गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री