शुक्रबार, १६ चैत २०८०

टिभिएस- १६० फोरभी बाइक नेपालमा, यस्ता छन् बिशेषता

समयपोष्ट २०७५ भदौ ११ गते ५:०८

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस आरटिआर -१६० फोरभी मोडलको बाइक बिक्री सुरु गरेको छ । १६० सीसीको यो बाइक कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement

यस बाइकमा १५९.७ सी सी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ।बाइकमा १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ ।
कम्पनीका अनुसार पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ । पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरिएको यो बाइकमा उत्कृष्ट हाइ स्पिड स्टेबिलिटी, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिङ रहेको छ । बाइक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगमा उपलब्ध छ ।

कम्पनीका अनुसार २ लाख ७९ हजार ९ सय रुपैयाँ मुल्य तोकिएको यस बाइकमा सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री