शुक्रबार, १६ चैत २०८०

सर्वोच्चले भन्यो-‘प्रकाण्ड’ लाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउनु

समयपोष्ट २०७५ भदौ १० गते १४:४२

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश दिएको छ । आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले विश्वकर्मालाई २४ घण्टाभित्र अदालतमा पेश गर्न निर्देशन दिएको हो ।

Advertisement

प्रकाण्डका भाई वीरेन्द्र विश्वकर्माले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र अदालतमा हाजिर गराउन भनेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री