शुक्रबार, १४ वैशाख २०८१

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छ : देउवा

समयपोष्ट २०७५ भदौ १० गते ९:३४

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।

Advertisement

आजको बैठकमा विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गर्नुभयो ।
“बालिकामाथि हुने गरेको बलात्कारको शृङ्खलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको छ, प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ”, अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो ।

सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्न नेता देउवाले सरकारको ध्यानाकर्षण गराउनुभयो । उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि नेता देउवाले ध्यानाकर्षण गराउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री