शनिबार, ८ वैशाख २०८१

जोशी हाइड्रोले १६ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७५ भदौ १० गते ५:४०

जोशी हाइड्रोपावर डेभेलपमेण्ट कम्पनी सर्वसाधारणको लागि साधारण सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले बोर्डमा
१६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न माग गर्दै आवेदन दिएको हो । बोर्डको अनुमतिसंगै कम्पनीले एक सय रुपैयाँ अंकित मुल्यमा १६ लाख ९० हजार ४७० कित्ता साधारण सेयर जारी गर्ने छ ।

Advertisement

यस अघि कम्पनीले आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको तीन लाख ७१ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये एक लाख २९ हजार ३९० कित्ता सेयर मात्र विक्री भएको थियो ।

कम्पनीले विक्री नभएको सेयर समेत थप गरी आइपिओ जारी गर्ने छ । यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत स्थानीयलाई जारी पश्चात दोस्रो चरणमा सर्वसाधारणहरुलाई जारी पूँजीको ३९ प्रतिशत बराबरको १४ लाख ४८ हजार ४६० कित्ता सेयर निष्काशन गर्ने बताएको थियो । अब कम्पनीले सर्वसाधारणको लागि कुल १६ लाख ९० हजार ४७० कित्ता आईपिओ जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री