शुक्रबार, १४ वैशाख २०८१

निर्मला हत्या प्रकरणमा प्रहरीको गम्भिर लापरवाहि, बिज्ञानको पुस्तक र अम्बाको रुखमा किन पुगेन ध्यान

समयपोष्ट २०७५ भदौ १० गते १:४०

निर्मलाको मृत शरीर उखुबारीमा फेला प-यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्माणको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो ?

कतै पुस्तक पछि लगेर फालिएको त होइन ? यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन ।

–निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुचुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो ।

यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो ।

त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो ? प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री