बिहीबार, १३ वैशाख २०८१

कञ्चनपुरमा सर्वदलीय बैठक

समयपोष्ट २०७५ भदौ ९ गते ७:२०

कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा अहिले सर्वदलीय बैठक चलिरहेको छ ।

Advertisement

बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनौं प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपी कुबेर कठायतले सर्वदलिय बैठक चलिरहेको बताए ।

बैठकमा शान्तिपूर्ण वातावरण बनाएर निर्मला पन्त हत्याकाण्ड छानविन गर्ने लगायत अन्य सुरक्षाका विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन् ।

आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा ९कफ्र्यू० लगाइएको छ । आन्दोलनका कारण विगत पाँच दिनयता यहाँको बजार, यातायात, शिक्षण संस्थालगायत बन्द छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री