बिहीबार, १५ चैत २०८०

मेनुकामोह

समयपोष्ट २०७३ साउन ३० गते १३:३५

‘मोडलिङ व्यापारमात्र होइन, कला र सिर्जनाको माध्यम पनि हो,’ भन्छिन् झापा दमककी मेनुका धिमाल (२६) ।मोडलिङमा झुकाव राख्ने उनी समाजमा चलिआएको कला र सिर्जनालाई मोडलिङको माध्यमबाट अझ सशक्त बनाइराख्न र नयाँ पुस्तासम्म पु¥याएर यसको प्रवद्र्धनसँगै विकास गर्न सकिने तर्क राख्छिन् ।

Advertisement

दुई म्युजिक भिडियोमा अभिनय गरेर यस क्षेत्रमा केही गर्ने सोचसाथ क्रियाशील उनमा कलाकारिता क्षेत्रको जोश छ । उनी भन्छिन्, ‘मलाई यस क्षेत्रमा सानैबाट रहर थियो तर समय उपयोग नभएको कारण यस क्षेत्रमा खुलेर आउन सकिनँ ।’ उनी अब मोडलिङ क्षेत्रमा खुलेरै आउने सोचाइमा छिन् । ५ फिट ४ इन्च उचाइ भएकी उनलाई नेपाली कलाकारमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय जीवन्त लाग्ने गरेको छ रे । उनले गायक शिव परियारको गीतबाट म्युजिक भिडियोमा अभिनय सुरु गरेकी हुन् । चर्चित कलाकार बन्ने सोचाइसाथ मोडलिङ क्षेत्रमा लागेको उनको भनाइ छ । राम्रो चलचित्रबाट अफर आए काम गर्नेसमेत उनको सोच छ । फुर्सदको समय रमणीय स्थान घुम्न रुचाउने उनी प्रेमको मामलामा भने आफू कच्चा रहेको बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री