बिहीबार, ३० असोज २०८२

सिप्रदी ट्रेडिङद्वारा NADA Auto Show २०२५ मा Xpres-T EV फ्लिट पार्टनरलाई सम्मान

समयपोष्ट २०८२ भदौ ४ गते २०:३३

Advertisement

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउँदै, सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको आधिकारिक वितरक) ले NADA Auto Show २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल Xpres-T EV का प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ।

यो सम्मान समारोहमा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मानित गरिएको थियो। यी व्यक्तिहरूले विद्युतीय सवारीसाधनलाई यात्रु सेवामा लोकप्रिय बनाउन निरन्तर योगदान, मेहनत र समर्पण देखाएका छन्। सिप्रदी ट्रेडिङले उनीहरूको यो प्रयासको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।

Xpres-T EV टाटा मोटर्सको एक विशेष विद्युतीय मोडल हो, जुन यात्रु सेवाका लागि विशेष रूपमा डिजाइन गरिएको छ। यो सवारीले स्वरोजगारी प्रवर्द्धन गर्नुका साथै सञ्चालन खर्चलाई न्यून राख्दै इन्धनमा विदेशी निर्भरता घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। यो मोडल अहिलेको समयमा दिगो र किफायती यातायातको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री