सर्वोत्तम सिमेन्टको खुद नाफा ५७२% वृद्धि, गत आर्थिक वर्षमा १ अर्ब कमायो
सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरणअनुसार कम्पनीले उक्त अवधिमा १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको १४ करोड ९३ लाख रुपैयाँको तुलनामा ५७२.५२ प्रतिशतले बढी हो।
कम्पनीको बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धिका कारण खुद नाफामा यो वृद्धि सम्भव भएको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशतले बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यस्तै, कुल नाफा १७३.०१ प्रतिशत र अन्य आम्दानी २१८.०२ प्रतिशतले वृद्धि भएको छ। तर, सोही अवधिमा कम्पनीको कुल खर्च ५४.३८ प्रतिशतले बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा ईपीएस १६ रुपैयाँ ९८ पैसाले बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ। यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।
सर्वोत्तम सिमेन्टको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ छ।
प्रतिक्रिया