भदौका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए
 
नेपालका वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।
साउनको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फ ब्याजदर घटेको छ। औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटेर ५.५८ प्रतिशतमा झरेको छ, जुन साउनमा ५.७५ प्रतिशत थियो। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.१५ प्रतिशतले घटेर ३.९६ प्रतिशतमा झरेको छ, जुन साउनमा ४.११ प्रतिशत थियो।
कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.२० प्रतिशतले घटाएर ५.२० प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशतले घटाएर २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। एभरेष्ट बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशतले घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ।
कुमारी बैंकले व्यक्तिगततर्फ ०.४० प्रतिशतले घटाएर ५.२१ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ०.१० प्रतिशतले घटाएर ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ १.१० प्रतिशतले घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले घटाएर २.७५ प्रतिशत ब्याजदर तोकेको छ। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशतले घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशतले घटाएर ४.०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। सानिमा बैंकले व्यक्तिगततर्फ ०.४३ प्रतिशतले घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले घटाएर ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, र एनआईसी एशिया बैंकले साउनको ब्याजदरलाई भदौमा पनि यथावत राखेका छन्। यी बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ५.४० प्रतिशत, ५.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, ६.०० प्रतिशत, र ६.२५ प्रतिशत रहेको छ।
हिमालयन बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ। साउनमा ५.५० प्रतिशत रहेको ब्याजदरलाई भदौका लागि ६.०० प्रतिशत कायम गरेको छ।
राष्ट्रियस्तरका अधिकांश विकास बैंकहरूले पनि साउनको ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्। गरिमा विकास बैंकले ६.११ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ६.२५ प्रतिशत, कामना सेवा विकास बैंकले ६.१५ प्रतिशत, र महालक्ष्मी विकास बैंकले ६.११ प्रतिशत ब्याजदर यथावत राखेका छन्।
 




























 
	
प्रतिक्रिया