प्राइम कमर्सियल बैंकको खुद नाफा ४ अर्ब २ करोड, अघिल्लो वर्षभन्दा ५२ करोडले वृद्धि

प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५२ करोड ४४ लाख रुपैयाँ बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब ५१ करोड रुपैयाँ थियो। आम्दानीमा वृद्धि र सम्भावित नोक्सानीका लागि राखिएको व्यवस्था (प्रोभिजन) मा कमी आएकाले नाफा बढेको देखिन्छ।
आम्दानीमा वृद्धि, प्रोभिजनमा कमी
बैंकले आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ८२ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ८८ करोड २६ लाख रुपैयाँभन्दा ९३ करोड ९८ लाख बढी हो। यस्तै, खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब ६७ करोड ८८ लाखबाट बढेर १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ पुगेको छ।
सम्भावित नोक्सानीका लागि राखिएको प्रोभिजनमा पनि कमी आएको छ। गत वर्ष १ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ प्रोभिजन थप गरेको बैंकले यस वर्ष १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको छ, जसले नाफा वृद्धिमा सहयोग पुर्याएको छ।
सञ्चालन आम्दानी र खर्च
बैंकले ६४ करोड रुपैयाँ नेट ट्रेडिङ इन्कम र अन्य सञ्चालन आम्दानीसहित कुल ९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो वर्षको ८ अर्ब १९ करोड ७४ लाख रुपैयाँभन्दा १ अर्ब ५५ करोड ६ लाख बढी हो। यद्यपि, गैरसञ्चालन खर्च ६२ करोड १३ लाख रुपैयाँ देखिएको छ, जुन नोक्सानी (राइट अफ) को रूपमा बुक भएको छ।
प्रतिसेयर आम्दानी र लाभांश क्षमता
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा सुधार आएको छ। २०८१ असार मसान्तमा १८.०८ रुपैयाँ रहेको ईपीएस २०८२ असार मसान्तमा २०.७४ रुपैयाँ पुगेको छ।
बैंकले ४ अर्ब २ करोड नाफामध्ये २ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ लाभांशका रूपमा वितरण गर्न सक्ने देखिन्छ। गत वर्षको ९९ करोड ५३ लाख रिटेन्ड अर्निङ समायोजन गर्दा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ रहेको छ। १९ अर्ब ४० करोड २६ लाख चुक्ता पुँजीका आधारमा बैंकको लाभांश क्षमता १४.३३ प्रतिशत छ, जुन अघिल्लो वर्षको ५.१३ प्रतिशतभन्दा उल्लेख्य सुधार हो।
बक्यौता ब्याजबाट उठेको ५२ करोड ३८ लाख रुपैयाँ नियामकीय जगेडाबाट फिर्ता गरिएको छ भने ७६ करोड रुपैयाँ नियामकीय रिजर्भमा थप गरिएको छ।
निक्षेप र कर्जा
२०८२ असार मसान्तसम्म बैंकले २ खर्ब ६३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५२ अर्बले बढी हो। यस्तै, कर्जा प्रवाह २९ अर्बले बढेर २ खर्ब १० अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।
वित्तीय सूचकांक
बैंकको निष्क्रिय कर्जा अनुपात ४.६५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार हो। बेसरेट ८.४९ प्रतिशतबाट घटेर ६.४९ प्रतिशत पुगेको छ भने ब्याजदर स्प्रेड ४ प्रतिशतबाट ३.६९ प्रतिशतमा झरेको छ। प्राथमिक पुँजी अनुपात १०.६७ प्रतिशतबाट हल्का घटेर १०.३९ प्रतिशत कायम भएको छ। नेटवर्थ प्रतिसेयर १७३.७२ रुपैयाँ र पीई रेसियो १३.३२ रहेको छ।




























प्रतिक्रिया