शनिबार, ८ कार्तिक २०८२

एभरेष्ट बैंकको नाफा ३२.८१% ले वृद्धि, लाभांश क्षमता उल्लेखनीय सुधार

समयपोष्ट २०८२ साउन २६ गते ९:०५


एभरेष्ट बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

Advertisement

विवरणअनुसार बैंकले उक्त आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँको तुलनामा ३२.८१ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ। बैंकले ३८.२६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता कायम गरेको छ, जुन अघिल्लो वर्षको २८.०६ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।

बैंकको सञ्चालन मुनाफा पनि गत वर्षको तुलनामा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ थियो।

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँको तुलनामा १९.३६ प्रतिशतले बढी हो।

Advertisement

बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ र रिजर्भ कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ३० करोड २३ लाख र रिजर्भ १२ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यी रकम क्रमशः २ खर्ब ३२ अर्ब ३१ करोड र १ खर्ब ७८ अर्ब २१ करोड रुपैयाँ थिए।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) समीक्षा अवधिमा ०.३८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ०.७१ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३७.९९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३१.४७ रुपैयाँ थियो। यस्तै, पीई रेसियो १८.४७ गुणा र प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको छ।

एभरेष्ट बैंकको यो वित्तीय प्रगतिले बैंकको सुदृढ व्यवस्थापन र बजारमा बलियो उपस्थितिलाई झल्काउँछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री